वाइन लिएर उन्मुक्त सूर्यकुमारी, के एमाले छाडेकी हुन् ?

पाेखरा | असोज २४, २०७९

वाइन लिएर उन्मुक्त सूर्यकुमारी, के एमाले छाडेकी हुन् ?

पोखराः पछिल्लो समय कलाकारिताबाट फुर्सद पाएपछि  करिश्मा मानन्धर अर्थात् सूर्यकुमारी अभिनेत्रीबाट नेतृ भइन् । 

 

मानन्धरलाई नेकपा एमालेले स्वागत ग¥यो, त्यसपछि उनी अध्यक्ष केपी शर्मा ओलीसँगै विभिन्न कार्यक्रममा देखिइन् । 

 

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशमा हुने चुनावको टिकट बाँडफाँडपछि उनले हातमा वाइनको गिलास लिएर उन्मुक्त हुँदै अर्थपूर्ण स्टाटस पोस्टिएकी छिन् । 

 

स्टाटसको आशय यही हो भनेर ठोकुवा गर्न नसकिए पनि पार्टीबाट उनले समानुपातिकमा अपेक्षा गरेको हुनसक्ने आशय निस्कन्छ । उनको स्टाटसमा ‘एमाले कम्पनीभित्र गएपछि श्वास फेर्नपनि मुस्किल हुने’जस्ता कमेन्ट गरिएको छ । 

 

त्यस्तै, धेरै कमेन्टमा उनलाई स्वतन्त्र हुन पनि सुझाइएको छ । यही क्रममा उनको स्टाटसलाई टिकट नपाएपछिको रोषसमेत भनिएको छ । 

 

यद्यपि, ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’  लाइनलाई अब एमाले छाडेर बाहिर निस्कन लागेको भन्ने अर्थ लगाउन सकिन्छ । 

 

लोकगायिकाको छवि बनाएकी कोमल ओलीलाई एमालेले पार्टीमा भित्र्याएपछि दिएको अवसर देखेर उस्तै अवसर पाउने विश्वासमा त्यतै लागेकी मानन्धर अहिले तस्बिर र स्टाटसमा देखिएजस्तै उन्मुक्त छिन् । 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्